काठमाडौं- एसिया कप क्रिकेटमा भारतले २ सय रन पुरा गरेको छ।
श्रीलङ्काको आर प्रेमदासा क्रिकेट स्टेडियममा जारी भारत र पाकिस्तानबीचको खेलमा भारतले हालसम्म २ विकेट गुमाएर २ सय ३६ रन बनाएको छ।
भारतका लागि यतिबेला मैदानमा विराट कोहली ४९ र केएल राहुल ६६ रन बनाएर ब्याटिङ गरिरहेका छन्। रिजर्भ डे मा भइरहेको खेलमा भारतले आइतवार २४ दशमलव १ बल खेल्दै २ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। आज सोही स्कोरलाई अघि बढाउँदै खेल सुरु भएको हो।
आइतवारका लागि निर्धारित खेल वर्षाका कारण स्थगित भएपछि खेल रिजर्भ डे मा सुरु भएको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















