images
images
  • वर्षाले रोकिएको भारत–पाकिस्तानको खेल सुरु

    काठमाडौं-  भारत–पाकिस्तान एसिया कपको प्रतियोगिता रिजर्ब–डे मा खेल सुरु भएको छ। श्रीलंकाको कोलम्बोमा स्थित प्रेमदासा स्टेडियममा खेल सुरु भएको हो।

    आइतबार २४.१ ओभरको खेलमा दुई विकेट गुमाउँदै १४७ रन भारतले बनाएको थियो। तर निरन्तर वर्षा भएपछि खेल अघि बढ्न सकेन। यतिबेला क्रिजमा विराट कोहली र केएल राहुल रहेका छन्।

    यतिबेला भारतले २८ ओभरको समाप्तिमा १६३ रन बनाएर खेलिरहेको छ। कोहलीले २६ बल खेल्दै १९ रन बनाएर खेलिरहेका छन् भने केएल राहुलले ४१ बलमा २२ रन बनाएर खेलिरहहेका छन्।

    भारतका लागि आइतबार ओपनर सुभमन गिलले ५८ रन बनाएका छन्। उनले आफ्नो वान डे करिअरमा आठौं अर्धशतक पूरा गरेका हुन्। उनले ५२ बलमा १० चौका हानेका थिए।

    यस्तै कप्तान रोहित शर्माले पनि आइतबार अर्धशतक बनाए। उनले आफ्नो ५० औं अर्धशतक पूरा गरेका छन्। आइतबारको खेलमा उनी ४९ बलमा ५६ रन बनाएर आउट भएका थिए। उनले ६ चौका र ४ छ्क्का हानेका थिए।

    रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०/५० ओभर ब्याटिङ गर्ने छन् ।

    भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images