images
images
  • सुडानमा सेनाकाे ड्रोन आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु

    खार्तुम- सुडानको राजधानी खार्तुमको दक्षिणी मेयो क्षेत्रकाे खुला बजारमा भएको ड्रोन आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

    आइतवार सेनाले गरेकाे ड्रोन आक्रमणमा ४० जनाकाे मृत्यु हुनुका साथै ७० जना घाइते भएका छन्।

    घाइतेहरु सबै अगंभंग अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    सुडानामा गत अप्रील १५ देखि सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सबीच सुरु भएको द्वन्द राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।

    युद्धले उग्र रुप लिदाँ पनि दुवै पक्षबीच वार्ता हुन सकेको छैन । बिगत पाँच महिनाको अवधिमा यी दुई समुहबीचको द्धन्द्धले हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ पलायन भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images