images
images
  • फेरि लाग्याे अर्का क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप !

    काठमाडौं-नेपाली क्रिकेट क्षेत्रका किङ क्रिकेटर सन्दिप लामिछानेकाे बलात्कारको मुद्दा सेलाउन नपाउदै अर्का क्रिक्रेटर आशिफ शेखलाई बलात्कार आरोप लागेको छ।

    आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

    कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। जनजाति समुदायकी एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

    प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ताले एसपी कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images