images
images
  • मोरक्कोमा शक्तिशाली भूकम्प: ५० नेपाली दूतावासको सम्पर्कमा, २ हजार १२ जनाको मृत्यु

    काठमाडौं- अफ्रिकी राष्ट्र मोरक्कोमा रहेका नेपाली दिनहुँजसो दूतावासको सम्पर्कमा आउने गरेका छन् । हालसम्म जम्मा ५० जना नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

    अस्ति (शुक्रबार) राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मोरक्कोमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    भूकम्पका कारण संरचना भत्कँदा पुरिएर हालसम्म दुई हजार १२ जनाको मृत्यु भएको अमेरिकी न्युज च्यानल सीएनएनले जनाएको छ ।

    भूकम्पका कारण संरचना भत्कँदा पुरिएर गम्भीर घाइते भएका एक हजार ४०४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images