images
images
  • बैंकको एटिएम मेसिन फुटाउने एकजना युबक पक्राउ


    उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नेबिल बैंकको एटिएम मेसिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैंकभित्र प्रवेश गरी एटिएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए।

    मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

    भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए। अभियुक्त युवकले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान शुरु गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images