images
images
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

    काठमाडौं- एसिया कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको नेपाली टोली आज स्वदेश फर्कदैछ। टोली आज मध्यान्ह १२ः३५ बजे नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

    पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो। एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची हुँदै मुल्तान र त्यहाँबाट श्रीलंकाको क्याण्डिसम्म पुगेको थियो।

    पकिस्तान र भारतजस्ता विश्व क्रिकेटकै महारथी सँग खेल्न पाउनु ठूलो अवसर भएको कप्तान रोहित पौडेलले बताए। मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले एसिया कपबाट आफूहरुले ठूलो अवसर पाएको बताउँदै एशिया कपबाट सुरु भएको यात्रा आगामी दिनमा झन् मजबुद तवरले जारी रहने लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images