दोलखा- नेकपा एमाले दोलखा जिल्ला कमिटिको १३ औं बैठकले नरबहादुर श्रेष्ठ संयोजक र राजेन्द्र मानन्धर सह संयोजक रहेको नेकपा एमालेको १० ओैं जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।
श्रेष्ठको अध्यक्षतामा भएको बैठकले २०८० साल माघ महिनाभित्र अधिवेशन गर्न आयोजक कमिटी घोषणा गरेको छ । पार्टी केन्द्रले देशभरका कमिटीहरूको अधिवेशन गर्ने निर्णय गरेपछि दोलखाले आयोजक कमिटी बनाएको हो ।
पार्टीको९ ओैं जिल्ला अधिवेशनबाट निर्वचित नेकपा एमाले दोलखा जिल्ला कमिटी कमिटी मंगलबार विगठन भएको छ । आयोजक कमिटीमा यसअघिको जिल्ला कमिटी सदस्य सबै र करिव ५० जना थप गरिएको छ ।
आयोजक कमिटीमा रहेका उपलब्धहरूलाई आज नै पोलिटब्युरो सदस्य क. कमल चौलागाईंले सपथग्रहण गराए ।
बैठकमा धर्मेन्द्र मोक्तानको उद्घोषण, राजेन्द्र मानन्धरको स्वागत र वागमती प्रदेश कमिटीको ईन्चार्ज गुरु वरालको प्रमुख आतिथ्यमा सुरु भएको थियो ।
बैठकको स्थयी कमिटी सदस्य क. गुरु वरालले पार्टीको सैद्धान्तीक, राजनैतिक साथै समृद्ध दोलखाका योजना बारे प्रशिक्षण दिएका थिए ।
बैठकमा दोलखा इन्चार्ज कमल चौलागाईं,१ नं प्रदेश पालिकाहरूको इन्चार्ज सरस्वती वस्नेत, सम्पर्क समन्वय समिति अध्यक्ष श्याम वस्नेत, प्रदेश कमिटी सदस्यहरु ईश्वरचन्द्र पोखरेल, डवल पाण्डे, वालकृष्ण सिवाकोटी , भरत दुलाल, केशव चौलागाईं, मित्र जिरेल, उर्मिला थामी, शारदा राना मगर, शान्ती कुमारी तामाङ, टेक घतानी, प्रेम कुमारी चौलागाईं, श्याम उप्रेति, भुवन केसी लगायत, जिल्ला कमिटी सदस्यहरु, पालिका र नगर कमिटी अध्यक्ष तथा पदाधिकारीहरु सहित आमन्त्रित थिए ।
बैठकमा इन्चार्ज क. कमल चौलागाईं, पालिका कमिटी इन्चार्ज . सरस्वती वस्नेत, बागमती प्रदेश कमिटी सदस्य क. ईश्वरचन्द पोखरेलले सम्बोधन गरे ।


विश्व खबर 




















