images
images
  • इरानको कोइला खानीमा विस्फोट, ६ श्रमिकको मृत्यु

    तेहरान- इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी ६ श्रमिकको मृत्यु भएको छ ।

    उत्तरी सहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

    इरनाले भनेको छ, “आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगतरूपमा फसेका थिए ।”

    श्रमिकको सकुशल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ ।

    इरनाले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ ।

    सन् २०२१ को मे महिनामा सोही खानीमा दुई जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सन् २०१७ मा उत्तरी इरानको आजाद सहरमा कोइला खानीमा भएको विस्फोटमा परी ४३ जना कामदारको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images