images
images
  • हामीलाई वाह्य हस्तक्षेप स्वीकार्य छैनः सुडानी जनरल कमाण्डर बुर्हान

    काठमाडौं- सुडानी सशस्त्र बल (एसएएफ)का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले सुडानले वाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

    सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले सुडानले वाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

    शनिवार उनँले जनता र सुडानी सेना वाह्य शक्तिलाई पराजित गर्न लागिपर्ने बताएका हुन् ।

    उनले सेना र जनता बिद्रोहलाई परास्त गर्न सहमत भएको बताउँदै आफूहरुलाई वाह्य शक्तिले निर्देशन दिएको कुरा मन नपर्ने बताए । उनले सुडानमा भएको घटनाले देशमा व्यवसायिक सेनाको आवश्यकता प्रमाणित भएको बताए ।

    सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा एसएएफ र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ । जसमा ३ हजार बढी मानिसहरु मारिएका छन् भने ६ हजार बढी घाइते छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images