images
images
  • सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

    काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो ।

    आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

    यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images