images
images
  • क्यानडामा बालबालिकाका ९३ वटा संकास्पद चिहान भेटियो

    एजेन्सी- फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ ।

    इङ्लिस रिभर फस्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिट्रेटिङ राडार (जिपीआर) को खोज २ वर्षअघि सुरु भएको बताएको थियो । ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images