images
images
  • एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

    काठमाडाैं- एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन्। भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ।

    एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

    भारत र पाकिस्तान दुवै देशले क्रिकेट खेललाई ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

    एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो खेल खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्ने सम्भावना छ। यसका लागि समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंकामध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

    इंग्ल्याल्याण्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत–पाकिस्तान पहिलोपटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

    गत वर्षको टी–२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो।

    अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

    भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images