images
images
  • नाब्लस शहर प्यालेस्टाइनी र इजरायली सैनिकबीच झडप, ५६ प्यालेसटाइनी नागरिक घाइते

    काठमाडौं- नाब्लस वेस्ट बैंकको नाब्लस शहरमा बिहीवार राति भएको झडपमा १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाको बल सैन्य बुलडोजरसहित बिष्फोटक पदार्थ बोकेर आएपछि झडप शुरु भएको हो ।

    इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो ।

    जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै प्लोस्टाइनी नागरिकहरुले बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए ।

    प्रदर्शकारीलाई रोक्न सैनिकले रबरको गोली र अश्रु ग्यास छोडेको थियो । सैनिकबाहेक झडपको क्रममा ५६ प्यालेसटाइनी नागरिक घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images