images
images
  • इन्दुको घातक बलिङमा बहराइनविरुद्ध नेपाललाई ३२ रनको झिनो लक्ष्य

    काठमाडौं- इन्दु बर्माको घातक बलिङमा आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपालसामु जितका लागि ३२ रनको झिनो लक्ष्य दिएको छ।

    मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भयो।

    कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दीपिका इन्दु बर्माको बलमा बोल्ड आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    ओपनर एच जी थरंगा ४ रनमा कविता कुँवरको बलमा बोल्ड आउट भइन्। रसिका रत्नमाली र प्रज्ञा जगदिशा गोल्डेन डगआउट भए। अविरा वारिस शून्य र इशारा मधुवन्थी ५ रनमा रनआउट भए। पवित्र सेट्टी १ रनमा क्याच आउट भइन्।

    बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तीन विकेट झारिन्। घातक बलिङ गरेकी इन्दुले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिँदा २ ओभर मेडन राखिन्। खुसी डंगोलले दुई विकेट लिइन्।

    कविता कुँवर, पूजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट आफ्नो नाममा गरे।

    नेपालले पहिलो खेलमा बिहीबा मलेसियालाई ५ रनले हराएको थियो। समूह ‘ए’मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

    समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images