काठमाडौं- पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको चपरहार जिल्लाका पूर्व ग्वान्टानामो कैदी मोहम्मद नसमिले जेलबाट आफू छुटेपछि राम्रो जीवन बिताउन नसकेको बताए ।
नसिमले आफूलाई अमेरिकी सेनाले पक्राउ गरी पाँच वर्षसम्म कुख्यात ग्वान्टानामो बे हिरासतमा थुनेपछि नै आफू मानसिक रोगबाट पीडित भएको दाबी गराएका हुन् ।
मानव अधिकार रक्षाको अमेरिकी दाबीलाई हास्यस्पत टिप्पाणी गर्दै उनले आफूलाई प्रमाण बिना जेल हाल्नुले अमेरिकाको मानवअधिकार रक्षा गर्नेकुरा झुटो प्रमाणित भएको दाबी गरे । नसिमले पूर्व अमेरिकी सुरक्षा बलले आफूलाई सन् २००१ को अन्त्यमा तालिबानसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरी जेलमा राखेको बताए ।
करिव ६० जना सुरक्षाकर्मीले आफ्नो घर घेरा हालेर भित्र पसेको र आफू खाना खाइरहेको बेलामा आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाए । अमेरिकी सेनाले आफूलाई सात दिनसम्म झ्न्ड्याएर राखेको बताउनु भयो । जेलमा एउटै कोठामा दुई महिनासम्म केही गर्न नदिनकन राखेको कुरा अझै स्मरण भइरहेको बताए ।
उहाँले आफूले सत्य भनेपछि अमेरिकी सैनिकले त्यसलाई अर्थहीन बनाइदिएको बताए । उनले आफूलाई राति सुत्न नदिएको, पाइपले पिटेको, यातना दिएको र मुस्लिम पवित्र पुस्तक फ्याँकिदिएको आरोप बताए ।
उनले अफगानिस्तान फर्किएपछि अहिले उहाँ आफ्नो खेतबारीमा काम गेरर १४ सदस्यीय परिवारलाई पाल्नुहुन्छ । पाँच वर्षको जेल जीवनमा दिइएका यातनाका कारण उहाँको जीवन कष्टकर भएको छ ।
बिना कारण जेल राखेर कुनै कारण छैन भन्दै पाँच वर्षपछि छोड्दा पनि आफूलाई क्षतिपूर्ति नदिएको उनको गुनासो छ ।


विश्व खबर 

















