images
images
  • संयुक्त राष्ट्रसंघद्वारा ग्याबोनको ‘कु’ को निन्दा

    काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधवार ग्याबोनमा भएको कुको निन्दा गरेको छ । गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफ्रिङमा सोबारेमा जानकारी गराएका हुन् ।

    उनले भने, महासचिवले ग्याबोनको विकसित अवस्थालाई नजिकबाट नियालिरहनुभएको छ । मौलिक स्वतन्त्रताको गम्भीर उल्लंघनको रिपोर्टका बीचमा चुनावको नतिजा घोषणालाई उहाँले गम्भीर चिन्ताका साथ हेर्नुभएको छ । कु प्रयासको संयुक्त राष्ट्रसंघ निन्दा गर्दछ । देशमा सबैलाई संयम अपनाउन र समावेशी वार्तामा संलग्न हुन आह्वान गर्दछु ।’

    उनले राष्ट्रपति र उनको परिवारको सुरक्षा गर्न राष्टिय सेना र सुरक्षा बलहरुलाई आग्रह गरे । उनले ग्याबोनका जनताको साथमा संयुक्त राष्ट्र संघ रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images