काठमाडौं- अफ्रिकन देश ग्याबोनमा सेनाले कु गरेको छ । ग्याबोनिज रिपब्लिकन गार्डका कमाण्डर इन चिफ ब्रिस ओलिगुई न्गुइमाले बुधवार राति एउटा बिद्रोहपछि मध्य अफ्रिकी देशको संक्रमणकालीन नेताको रुपमा नाम दिइएको थियो ।
राष्ट्रिय निर्वाचन आयोगले मंगलवार राष्ट्रपति अलि बोंगोले तेस्रो काईकाल जितेको घोषणा गरेको थियो । तर सेनाले राज्य टेलिभिजनमा चुनावी नतिजा रद्ध भएको र बोंगोलाई घरमै नजरबन्द गरेको घोषणा गरेको थियो ।
ग्याबोनी सेनाका नेताहरुले सर्वसम्मत भोटबाट न्गुमालाई संस्थाको संक्रमण र पुनःस्थापना समिति (सिटीआरआई) को अध्यक्ष नियुक्ति गर्न सहमत भएको समितिका प्रवक्ता उलरिच मनफोउम्बी मनफोम्बीले बताए ।
राष्ट्रपति बोन्गोलाई परिवारका सदस्य र चिकित्सकहरूसँगै राखिएको बताइएको छ । उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ परेका छन् । सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ ।
‘कु’ को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केका छन् । अली सन् २००९ मा राष्ट्रपति हुनुभएको थियो । त्यसयता उहाँ निरन्तर सत्तामा हुनुहुन्थ्यो । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका आफ्ना पिता ओमारबाट सत्ता प्राप्त गरेका थिए । बोन्गोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा थियो । पछिल्लो समय देशमा संस्थागत, राजनीतिक, आर्थिक तथा सामाजिक संकट देखापरेकाले ‘कु’ गर्नुपरेको सेनाले दाबी गरेको छ ।


विश्व खबर 

















