images
images
  • विपक्षी पार्टीद्वारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

    काठमाडौं- जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् ।

    मंगलवार उनीहरुले अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने र निर्वाचन धाँदलीयुक्त भएको उनीहरुको भनाइ छ ।

    जिम्बाबे निर्वाचन आयोग (जेडइसी)द्वारा शनिवार घोषणा भएको नतिजाअनुसार मनन्गाग्वाले कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरका थिए भने उनका मुख्य प्रतिष्पर्धी सीसीसीका नेता नैल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।

    सिजिबाले निर्वाचन प्रक्रियामा अनियमितता भएको बताए । उनले दक्षिण अफ्रिकी विकास समुदाय (एसएडीसी) र अफ्रिकी युनियन (एयु) लगायतका अन्तर्राष्ट्रिय निकायहरुको पर्यवेक्षणमा देशले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताए । उनले यो चुनाव देशको आवश्यकता पूरा गर्न सबै किसिमले असफल रहेको बताए ।

    निर्वाचनपछि आफ्नो पहिलो सम्बोधनमा आईतवार राज्यसभामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनान्गाग्वाले निर्वाचन पारदर्शी भएको बताएका थिए । उनले निर्वाचन शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष भएको बताए ।

    उनले देशका धेरै कम मानिसले मात्र चुनाव प्रभावित भएको भन्ने बताए । उनले निर्वाचनमा कुनै हिंसा नभएकाले र जिम्बाबेवासीको मतलाई कदर गर्नुपर्ने बताए । उनले यसले जिम्बाबेमा परिपक्व लोकतन्त्रको अनुभुति दिने बताए ।

    मनन्गाग्वाले निर्वाचन अवधिमा शान्ति कायम गरेकोमा नागरिकको प्रशंसा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images