images
images
  • साफ यु-१६ जित्ने नेपालको लक्ष्य, प्रतिद्वन्द्वी भारत र बंगलादेश

    काठमाडौं- कठिन समूहमा रहेको नेपालले पहिलोपटक यु–१६ साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।

    आगामी शुक्रवारदेखि भूटानको थिम्पुमा साफ यु–१६ च्याम्पियनसिपको चौथो संस्करण सुरु हुँदैछ । यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूहमा रहेको नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । यो उमेरसमूहमा नेपालको किशोर टोलीले अहिलेसम्म उपाधि जित्ने सकेको छैन ।

    सन् २०११ देखि शुरु भएको साफ यु–१६ च्याम्पियनसिपमा अहिलेसम्म तीन संस्करण सम्पन्न भइसकेको छ । यद्यपि, नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । यस पटक नेपालले यसअघिका विजेताद्वय भारत र बंगलादेशको समूह ‘ए’ मा छ ।
    नेपालले आईतवार बंगलादेशबिरुद्ध खेल्दै यस संस्करणको यु–१६ मा सुखद् शुरुवात गर्ने लक्ष्यमा छ । नेपाली किशोर फुटबल टोलीका प्रशिक्षक रविन्द्र सिलकारले छोटो समय भएपनि तयारी राम्रो भएको उल्लेख गर्दै पछिल्ला समय रणनीतिक कामहरू भइरहेको बताए । यसअघि धेरै जसो खेलाडीहरू एन्फा यु–१६ लिग खेलेर आएकाले तयारी अभैm राम्रो भएको प्रशिक्षक सिलाकार विश्वास छ ।

    यु–१६ च्याम्पियनसिपको नेपाल दुई पटकको आयोजक राष्ट्र हो । यद्यपि, नेपालले एक पटक पनि उपाधि जित्ने सकेको छैन ।

    सन् २०११ को पहिलो संस्करणमा पाकिस्तानले उपाधि जितेको थियो । त्यसपछि भारतले २०१३ मा आयोजक नेपाललाई घरेलु भूमिमा हराउँदै उपाधि जितेको थियो । यस पटक नेपालले साफ यु–१६ को तयारीका लागि १४ दिनको प्रशिक्षण गरेको छ । अन्य पक्षहरूमा राम्रो तयारी भए पनि फिटनेसमा भने अभैm केही समस्या देखिएको प्रशिक्षक सिलाकार बताउछन् ।

    पछिल्लो संस्करण बंगलादेशमा सन् २०१५ मा बंगलादेशमा भएको थियो । उक्त संस्करणमा पनि बंगलादेशले उपाधि जित्दा नेपाल भने सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

    अहिलेसम्म नेपालको यु–१६ उमेरसमूहले साफको उपाधि जित्न सकेको छैन । यस पटक इतिहास बनाउने लक्ष्य किशोर टोलीले राखेको छ । प्रशिक्षक सिलाकारले उमेर समूहमा कुनै टोली बलियो र कोही कमजोर नहुने उल्लेख गर्दै मैदानमा जसले उत्कृष्ट दिन सक्यो त्यसले नतिजा दिने बताए ।

    नेपालको यु–१६ टोलीले साफकै तयारी गरिरहेको नेपालको यु–१९ को टोलीसँग आईतवार अभ्यास खेल पनि खेलेको थियो । यद्यपि, अपर्याप्त समय र सोही उमेरसमूहका प्रतिद्वन्दीका अभाव नेपालले थप अभ्यास खेल भने खेल्न पाएन । प्रशिक्षक सिलाकारले पनि पर्याप्त अभ्यास खेलको व्यवस्था हुँदा अभैm राम्रो टोली बन्ने बताउछन् ।

    भुटानमा हुने यो च्याम्पियनसिपका लागि प्रशिक्षक सिलाकारले गत भदौ ४ गते नै अन्तिम टोली घोषणा गरिसकेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २३ खेलाडीले अभ्यास गर्दै आइरहेका छन् । उक्त टोलीका खेलाडी सुवास बमले पछिल्ला समय प्रायले एन्फा यु–१६ लिग खेलेका धेरै मद्दत मिलेको र तयारी पनि राम्रो भएकाले च्याम्पियनसिपको ट्रफी लिएर आउने विश्वास व्यक्त गरे ।

    मिडफिल्डर सुवासले १४ दिनको समयमा आफूहरूले राम्रो मेहनत गरेको त्यसको नतिजा पनि आउने बताए । आफ्नो समूहमा भारत र बंगलादेश बलियो टोली रहेको स्वीकार गर्दै उनीहरूको लागि पनि नेपाल कठिन प्रतिद्वन्द्वी बन्ने लक्ष्य रहेको उनको विश्वास छ ।
    नेपाली यु–१६ किशोर टोलीको गोलकिपरमा विशेष बानिया, पेम्बा भोटे र भक्तबहादुर परियार, डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान्तराज लावत, किशोर कुमार दनवार, सरन एसके, मिडफिल्डरमा सुजल स्याङ्तान, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, राम थामी, दिलन लिम्बू र फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी र दर्शन अधिकारी छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images