images
images
  • बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु


    नेपालगञ्ज । बाँकेमा सोमबार राती तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके, बर्दिया र दाङ जिल्लाका हुन् ।

    दाङ लमही नगरपालिका वडा नम्बर ८ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना गरिएका उनलाई ९ गते एन्टिजेन जाँच गरिएको थियो ।

    बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ४ का ६१ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । जेठ २० गते एन्टिजेन जाँच गरिएको उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

    यस्तै बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १९ गते भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन जाँच गरिएको थियो ।

    योसँगै बाँकेमा कोरोनाबाट ३ सय ३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ३ सय १२ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images