images
images
  • युद्ध शुरु भए यता पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान

    काठमाडौं-  सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन् ।

    सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन् ।

    अप्रिलमा युद्ध शुरु भए यता उनी पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किएका हुन् । उनले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गर्नुभएको थियो ।

    सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images