काठमाडौं- क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् ।
पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय अवरोध पार गर्दै एक ठाउँबाट अर्को ठाउँमा सर्नुपर्ने हुन्छ ।
शुरुमा आफू धेरै वृद्ध भइसकेकाले नसकिने हो की भन्ने सोच आएपनि अभ्यास गर्दै गएपछि सहज बन्दै गएको बताए । उनले उमेर मुख्य बाधक बन्न नसक्ने भन्दै आफूलाई आत्मबलले भरिपूर्ण गर्ने हो भने खेलबाट स्वस्थ जीवन जिउन सकिने बताए । उनको शारीरिक स्वस्थतासँग अहिले देश त्था विदेशका धेरै जना लोभिएका छन् । ७ महिनाअघि मात्र भिडियो हेरेर र पढेर पार्करमा लागेका छन् ।
उनले आफ्ना भिडियो सामाजिक सञ्जालमा पनि राख्ने गर्नुहुन्छ । सामाजिक सञ्जालमा अहिले उहाँलाई फलो गर्नेहरुको संख्या ५० हजार बढी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















