images
images
  • निषेधाज्ञासँगै धरानमा सुरक्षा व्यवस्था कडा, बजार र सडक सुनसान

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेकाे निषेधाज्ञाका कारण धरानमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ। बिहानेदेखि सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने मानिसहरूको चहलपहल पनि न्यून छ। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दू समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका थिए।

    उनीहरूले र्‍याली गरिरहेको समयमा अर्को पक्षले पनि कुनै गतिविधि गरे सामाजिक सद्भाव खल्बलिन सक्ने जोखिमलाई मध्येनजर गर्दै प्रशासनले निधेधाज्ञा जारी गरेको हो । धरानमा गए राति १२ बजेदेखि २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । बाक्लोरूपमा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ ।

    निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिमको बाटो वराहक्षेत्र १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी  ६ नं. बाट वराहक्षेत्र  वडा न. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लगाइएको छ।

    धरानमा जातीय र धार्मिक विवादमा फस्ने खतरा भएपछि धरानमा सम्भावित द्वन्द्वलाई लिएर चिन्ता बढेको छ। धार्मिक तथा सांस्कृतिक विवादले सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै राजनीतिक दलले एकता कायम गर्न पहल अघि बढाइएका छन्।

    नागरिक अगुवा, दलका नेता कार्यकर्ता, व्यवसायी, संचारकर्मी, कलाकार लगायतले शुक्रवार सदभाव र्‍याली निकालेका थिए। सामाजिक एवम् साम्प्रदायिक सद्भाव नबिथोल्न सुनसरीमा क्रियाशील १३ दलले संयुक्त आह्वान गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images