इस्तानाबुल- टर्की सरकारले टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलका ६ लाख घरहरु जोखिमपूर्ण रहेको बताएको छ ।
टर्कीका वातावरण, शहरीकरण र जलवायु परिवर्तनमन्त्री मेहमेट ओझासेकीले मंगलवार यसको पुष्टि गरेको हो । उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा शहरका ६० लाख घरमध्ये ६ लाख घर जोखिमपूर्ण रहेको बताए । उनले सरकारले शहरी रुपान्तरण योजना भित्र भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नेगरी आरक्षित ठाउँहरु खोज्ने काम गरिरहेको बताए ।
उनले भने, ‘हामी इस्तानाबुलको आरक्षित क्षेत्रमा ३ लाख भन्दा बढी घर निर्माण गर्ने कामहरु भइरहेको छ । तर शहरको केन्द्र वरपर खालि भएका जग्गा फेला पार्न गाह्रो छ ।’ट
र्की भूकम्पको जोखिममा रहेको र फेब्रुअरिमा देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यससँगै सरकारले जोखिमयुक्त घरको निरीक्षण गर्न शुरु गरेको थियो ।
सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको शक्तिशाली भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो । जसमध्ये करि १ हजार मृतक इस्तानाबुलका थिए ।


विश्व खबर 

















