एजेन्सी- इजिप्ट सरकारले इजिप्टमा गैर पेट्रोलियम व्यापार घाटा २०२३ को दोस्रो त्रैमासिकमा ७.५ बिलियन अमेरिकी डलरसम्म पुगेको बताएको छ ।
इजिप्ट सरकारले इजिप्टमा गैर पेट्रोलियम व्यापार घाटा २०२३ को दोस्रो त्रैमासिकमा ७.५ बिलियन अमेरिकी डलरसम्म पुगेको बताएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो बताएको हो । जो गत वर्षको सोही समयको भन्दा १०.७ प्रतिशत कम हो ।
गैरु पेट्रोलियम आयात मूल्यमा आएको कर्मी व्यापार घाटा घट्नुको कारण रहेको बताइएको छ । साथै गैर तेल आयातमूल्य सन् २०२२ मा १७.६ अर्ब डलर थियो भने सन् २०२३ मा १५.९ अर्ब डलरमा झरेको छ ।
गैर तेल निर्यातको मूल्य गत वर्षको सोही अवधिमा ९.२ बिलियन अमेरिकी डलर रहेको थियो भने अहिले ८.४ बिलियन डलरमा झरेको छ । व्यापार मात्राको हिसावले दोस्रो त्रैमासिकमा चीनले इजिप्टसँग सबैभन्दा धेरै व्यापार साझेदारी गरेको छ ।
त्यसपछि क्रमशः संयुक्त राज्य अमेरिका, टर्की, इटाली, रुस र साउदी अरेबिया छन् ।


विश्व खबर 

















