images
images
  • थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन स्वदेश फर्किनासाथ जेल चलान

    एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किएका छन् । मंगलवार उनी आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन ।

    सो क्रममा उनले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गरेका थिए । थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नेका थिए । तर उनी २००८ देखि भने विदेशमा बस्दै आएका थिए । थाइल्याण्डको अदालतले उनलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आएका छन ।

    उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बत्ताएका थिए । सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images