images
images
  • फिफा महिला विश्वकप: स्विडेन बिरुद्ध रोमाञ्चक जित निकाल्दै स्पे पहिलो पटक फाइनलमा

    काठमाडौं- उपाधि दाबेदारमध्ये एक स्पेन पहिलो पटक फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

    अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल भिडन्तमा छिमेकी स्विडेनलाई हराउँदै स्पेनले फाइनल यात्रा तय गरेको हो।

    न्युजिल्यान्डको इडेन पार्कमा भएको सेमिफाइनलमा भिडन्तमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले हराउँदै उपाधि यात्रा तय गरेको हो।

    खेलको पहिलो हाफमा दुवै पक्ष गोल गर्न असफल हुँदा दोस्रो हाफमा तीनै गोल सम्भव भए।

    स्पेनले खेलको ८१ ०औँ मिनेटमा साल्मा क्लेस्टे पाराल्युलो एयोनीगोनोले गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि खेलको ८८ औँ मिनेटमा रेबेका ब्लोम्भिसले प्रतिस्पर्धालाई १–१ गोलको अवस्थामा ल्याइन्।

    तर त्यसको १ मिनेट पनि नबित्दै स्पेनका लागि ओल्गा कार्मोनाले गोल गर्दै फाइनल तय गराइन्।

    स्पेनले उपाधिका लागि यही बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासककंग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल भिडन्त अब इङ्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीच हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images