images
images
  • अमेरिकाबाट वुद्धि सुवेदीले गरे एनआरएनए महासचिव पदमा उम्मेदवारीको घोषणा (एजेन्डासहित)

    काठमाडौं-एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष वुद्धि सुवेदीले आईसिसिको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । शनिवार पत्रकार सम्मेलनमा सुवेदीले महासचिवमा उठने घोषणा गरेका हुन ।

    सुवेदीले आफूले उपाध्यक्षमा उम्मेदवार दिन चाहेको तर साथीहरु र एनआरएनए अभियन्ताहरुको अनुरोधमा महासचिवमा उम्मेदवारी दिएको बताए । पत्रकार सम्मेलनमा सुवेदीले एनसिसिलाई आईसिसिले दुःख दिने काम गर्न नहुने जनाउदै आइसिसिले अभिभावकत्व मात्र ग्रहण गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । एनसिसिहरुलाई स्वतन्त्र र स्वायत्त तरीकाले चल्न दिनुपर्छ भन्ने मूल मर्म लागु गर्न नै आफुले महासचिवमा उम्मेदवारी दिएको सुवेदीले बताए ।

    संविधानको मर्म र भावना अनुरुप नै प्रवासमा बस्ने नेपालीहरुले राजनीतिक अधिकार बाहेकका सबै अधिकार नेपालका नेपाली सरह पाउनु पर्ने मान्यता स्थापित गर्न आफू सक्रिय हुने सुवेदीले बताए । उनले एकताको अधिवेसन गरेर एउटा मात्रै सँस्था हुनुपर्ने बताए । कार्यक्रममा सुवेदीका प्रंशसक र शुभचिन्तकहरुले शुभकामना दिएका थिए ।

    को हुन् वुद्धि सुवेदी ?
    स्याङ्जामा जन्मेर चितवनमा बाल्यकाल बिताई अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल ब्यावसायी र समाजसेवीका रुपमा बिश्वमा परिचीत छन । विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका सुवेदी सन २००३ मा अमेरिका जानु अघि विभिन्न कलेजमा अध्यापन पेशामा आवद्द रहेका थिए । विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर सुवेदी अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन । हाल उनी युएसका सफल ब्यावसायी हुन । हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिरहेका छन । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डमलगायतका होटल र सुपरमार्केट संचालन गरिरहेका छन भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन । सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन ।

    यी हुन् वुद्धि सुवेदीले प्रतिद्धता गरेका एजेन्डा
    सबैमाझ लोकप्रिय र नम्र स्वभावका सुवेदी संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिएका छन । उनले संस्थालाई आमुल परिवर्तन गर्नको लागी पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न, वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग संवाद मार्फत कार्यान्वयन गर्न, महिला , युवा, दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न, सवैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन, नेपाली कला संस्कृति, संस्कार र परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्न, अनावश्यक आर्थिक चलखेल र अनियमिततालाई पारदर्शीरुपमा सार्वजनिक गर्नलगाएतका एजेन्डासहित आफ्नो उम्मेदवारी रहेको बताए ।

    गैरआवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरि समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने संस्था बनाउने आफ्नो लक्ष्य रहेको सुवेदीले बताए । एनआरएनएमा सुवेदी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष देखि अध्यक्ष सम्म यात्रा तय गरि एनआरएनए युएसएको सफल अध्यक्ष बनेका थिए । एनआरएनए युएसएमा आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेपछी विश्वमा रहेका गैरआवासीय नेपाली एनआरएनए अग्रज र एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावका आधारमा आफूले महासचिवमा उम्मेदवारी दिएको बताउछन सुवेदी ।

    सुवेदी एनसिसि अमेरिकाका सफल अध्यक्ष मध्येका एक हुन । विश्वकै ठूलो एनसीसी अमेरीकाका अध्यक्ष भइसकेका सुवेदीको एकैपटक आइसिसिको महासचिवको उम्मेदवारीलाई विश्वभर चर्चाका रुपमा हेरिएको छ । विश्वभरका साथीहरुले एनआरएन अभियानमा मेरो भूमिकालाई नजिक बाट नियाल्नु भएको छ सुवेदी भन्छन मेरो उम्मेदवारी निर्विकल्प छ । सवै एनआरएन साथीहरुले मलाई निर्विरोध यो जिम्मेवारी सुम्पिनु हुन्छ भन्नेमा आफू विश्वस्त रहेको सुवेदी दावी गरे ।

    यद्यपि प्रजातान्त्रिक प्रणालीमा निर्णय निर्वाचनले गर्ने गर्दछ यदी अरु साथीहरु पनि प्रत्याशी बन्नु भए पनि आफू प्रतिस्पर्धात्मक निर्वाचनका लागी पनि तयार रहेको सुवेदी बताउछन । सुवेदीले आफूलाई विश्वास गरेर गैर आवासीय नेपालीहरुले भारी मतले बिजयी गराउनेमा ढुक्क रहेको बताए । आफू एनआरएनए एनसिसिको अध्यक्ष हुँदा आइसिसिबाट समन्वयकारी भूमिका नभएको र यदि आफू महासचिव भएको खण्डमा आइसिसिबाट हस्तक्षेपकारी भूमिका बाट राष्ट्रिय समन्वय परिषदलाई स्वायत छोड्ने प्रावधानको व्यवस्था गर्ने उनले बताए ।

    २०२१-२३ कार्यकालमा एनसीसी अमेरिकामा आफुले गरेको कामको आधारमा साथीहरुको सल्लाह अनुसार महासचिव पदमा उम्मेदवारी दिएको बताए। उनले संस्थाबाट केही लिन हैन, संस्थालाई केही दिनको लागि आफु अगाडी आएको बताउंदै संस्थालाई बलियो बनाउन आफुले इमान्दारीपूर्वक काम गर्ने बताए। उनले काठमाडौमा हुन गइरहेको ११ औं विश्व अधिवेशनलाई एकताको अधिवेशन बनाउन पनि आग्रह गरे।

    संसारभरि रहेका गैर आवासीय नेपालीहरुको सीप, पूँजी, अनुभव र नेटवर्क नेपाल र नेपालीको उन्नतिका लागि परिचालन गर्न, दोश्रो पुस्ताका नेपालीहरुलाई एनआरएन संजालसंग जोड्न र नेपालमा लगानी तथा पर्यटन प्रवर्धन गर्न आफुले उम्मेदवारी दिएको उनले बताए।

    महासचिव पदका उम्मेदवार सुवेदीले वंशजको आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता नै आफ्नो प्रमुख माग रहेको बताउंदै तेश्रो पुस्तापछि पनि एनआरएन नागरिकता निरन्तर गर्न आफुले आवाज उठाउने बताए। एक प्रश्नको जवाफमा सुवेदीले नेपालमा रुग्ण अवस्थामा रहेको एक होटललाई पुन: संचालन गरी सैयौं रोजगारी सिर्जना गर्ने उद्देश्यले आफु लगायत साथीहरुले लगानी गरेको र आफ्नो व्यवसायको प्रवर्द्धनका लागि एनआरएनएको लोगोको दुरूपयोग नगर्ने र गर्न पनि नदिने बताए।

    सुवेदीले आफू यस अभियानमा सामाजिक कार्य, सहयोगको भावना र केही गर्ने ऊद्देश्यले प्रवेश गरेकाले आफ्नो अभियानलाई साथ दिन विश्वमा रहेका गैरआवासीय नेपाली र अभियन्ताहरुलाई आग्रह गरेका छन । आफू यस सँस्थामा केही लिन नभई दिन आएकाले आफ्नो अभियानलाई साथ दिनको लागी सुवेदीले अनुरोध गरे ।

    सुवेदीसँगै महासचिवमा हालका महासचिव गौरीराज जोशी,सचिव गंगाधर गौतम,एशिया प्याशिफीक संयोजक पारसमणि सुवेदीले आगामी कार्यकालका लागी महासचिवमा उम्मेदवारी दिएका छन ।आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको संघको ११ औं विश्व अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images