काठमाडौं – एपेकको शिखर सम्मेलनको क्रममा ल्याटिन अमेरिकी मुलुक पेरु पुगेका अमेरिकी र चिनियाँ राष्ट्रपतिले राजधानी लिमामा भेट गरेका छन्।
एपेकको साइड लाइनमा भएको भेटमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई देशको सम्बन्ध ‘सर्वाधिक महत्त्व’ को भन्दै अर्थ्याएको अमेरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ ।
बाइडेनले दुई देशको सम्बन्धमा उतारचढाव आएको भन्दै ताइवान, अर्थतन्त्र, युक्रेन र फेन्तानाइल उत्पादनको प्रश्न उठाएको सीएनएनले उल्लेख गरेको छ ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले भेटमा सिले चीनका चार रेड लाइन पार नगर्न बाइडेनलाई सुनाएको उल्लेख गरेको छ । ती चार रेड लाइनहरूमा क्रमशः ताइवान प्रश्न, प्रजातन्त्र तथा मानव अधिकार, चीनको बाटो र प्रणाली, चीनको विकासको अधिकार भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
सीएनएनका अनुसार बाइडेनको यो सिसगको अन्तिम भेट भएकोले बाइडेनले सिलाई कहिले उपराष्ट्रपतिको रूपमा तिब्बत त कहिले बेइजिङ अनि कहिले दुनियाँभर भेटेको स्मरण गर्दै भनेका छन्, ‘हामीले सधैँ सहमत भएनौ तर हाम्रो संवादहरू सधैँ खुलस्त र हार्दिक भए हामीले कहिल्यै एक अर्कालाई जिस्क्याएनौ । हामी एकै स्तरमा रह्यौ । मलाई लाग्छ यो महत्त्वपूर्ण छ ।’
प्रतिक्रिया दिनुहोस्