images
images
  • अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता

    काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

    ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

    निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

    फ्लोरिडामा रिपब्लिकन पार्टी अगाडि

    वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको मतगणनामा फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सङ्केत देखिएको छ । हालसम्म करिब ७३ प्रतिशत मत गणना भइसकेको छ ।

    अघिल्लो निर्वाचनमा यहाँबाट डोमोक्रेट उम्मेदवार जो बाइडेनले ट्रम्पलाई जितेका थिए । २४ वर्षअघि यस राज्यमा रिपब्लिकन पार्टीका जर्ज डब्लु बुसले केही हजार मतले जितेका थिए । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार एल्गोरलाई पराजित गरेका थिए ।

    फ्लोरिडाको प्रवृत्ति आश्चर्यजनक छैन । तर सेन्ट्रल फ्लोरिडाको ओर्लान्डो सहर नजिकै रहेको ओसियोला काउन्टीमा ट्रम्पले अग्रता लिनु डेमोक्रेटिक पार्टीका लागि चिन्ताको विषय बनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images