images
images
  • वेइजिङमा भीषण वर्षा, २० जनाको मृत्यु

    काठमाडौं- चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १ सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। ।

    बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ।। सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो।

    राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन्। वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो। राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन्। ।

    वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ। अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन्। साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन्। ।

    बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने केयौँ घाइते भएका छन्। राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो। साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए। उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएका बताइएको छ। -एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images