images
images
  • पाकिस्तानको बाजौर विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

    काठमाडौं- पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् ।

    पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक ¥यालीमा बम विस्फोट भएको थियो । विस्फोटमा ४४ जनाको मृत्यु भएको र २०० जना भन्दा बढी घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिएका छन् ।

    जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमीयत उलेमा–ए-इस्लाम–फजल (जेयूआई–एफ) को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखिल्याएको विस्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ ।

    रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्यामा वृद्धि भएको हो । बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेशावर लगिएको जानकारी दिए ।

    आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारणसमेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो ।

    आक्रमणको जिम्मेवारी सोमबार यो समाचार तयार पार्दा कुनै व्यक्ति वा समूहले लिएको छैन । उक्त क्षेत्रमा यस पहिले पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट (आइएस) ले आक्रमण गरेको थियो । –सिन्ह्वा

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images