काठमाडौं- चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो।
चीन सरकार नियन्त्रित सीसीटीभीले छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि मंगलबार गरेको छ।
चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले छिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।
छिनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय छिन अनुग्रहबाट हटेका थिए वा आधिकारिक अनुसन्धानको अधीनमा थिएभन्ने अड्कलबाजीहरू सुरु भएका छन्।
गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्।
राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ।
नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन्। उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए।
चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले छिनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ।
छिनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय छिन अनुग्रहबाट हटेका थिए वा आधिकारिक अनुसन्धानको अधीनमा थिचीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार छिनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताए।एभन्ने अड्कलबाजीहरू सुरु भएका छन्।
५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए।


विश्व खबर 

















