एजेन्सी- भारतको महाराष्ट्रको रायगढ जिल्लामा बुधवार राती गएको पहिरोमा परी हालसम्म १६ जनाको मृत्युको पुष्टि भएको छ ।
खोजी तथा उद्धारकार्यमा लागेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को समूहले हालसम्म २१ जनालाई बचाउन सफल भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार अघिल्लो रात भारी वर्षा, पहिरोको खतरा र अँध्यारोका कारण उद्धारकार्य रोकिएको थियो ।
उद्धारकार्यमा जुटेको एनडीआरएफ समूहका इन्स्पेक्टर राहुल कुमार रघुवंशले एएनआईसँगको कुराकानीमा भन्यो, ‘हामी तीन प्रकारको उद्धारकार्य चलाउँछौँ । यसमा आफ्नो कुकुरको मद्दत लिनेछौँ । यसका साथै उद्धारकार्यमा लागेको समूहले मानिसलाई बचाउने कोसिस गर्नेछन् ।’
‘यो निकै लामो र चुनौतीपूर्ण ट्र्याक हो तर हामी यसका लागि प्रशिक्षित छौँ, ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















