काठमाडौं- एसीसी इमर्जिङ नेसन्स कप अन्तरगतको खेलमा नेपाललाई यूएई ए ले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
पार्ट टाइम बलर कुशल भुर्तेलको स्पिन सामना गर्न नसकेको यूएई ४४ ओभरमा १५७ रनमा समेटिएको हो ।
भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।
युएई ए विरुद्ध नेपालका लागि तेश्रो , चौथो पाँचौ छैठौ ,सातौ र आठौ विकेट कुसल भुर्तेलले लिएका हुन। उनले आठौ विकेट ३५ दशमलब २ ओभरमा लिएका हुन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















