images
images
  • बाबुद्वारा छोरी बलात्कृत, बाबुविरुद्ध हाडनाता करणीमा मुद्दा दर्ता

    काठमाडौं– काठमाडौंमा आफ्नै बाबुद्धारा छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ। छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका बाबुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता समेत भएको छ।

    बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। बालाजु क्षेत्रमा बस्ने बाबुले छोरीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

    श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए। आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images