images
images
  • नेपालले गुमायो ४ विकेट

    काठमाडौं- भारत विरुद्धको खेलमा नेपालले ४ विकेट गुमाएको छ।

    श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कममा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन्। ८ ओभर ५ बलमा ३५ रन बनाएको नेपालले ४ विकेट गुमाएको छ।

    पछिल्लो पटक भिम सार्की ८ बल खेलेर एक चौकासहित आउट भएका हुन्। उनी पनि भारतीय बलर हर्सित रानाको बलमा आउट भएका हुन्। पछिल्लो पटक देव खनालको विकेट गएको छ। यस अघि आसिफ आउट भएका थिए।

    एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा कुशल भुर्तेल भने दोस्रो बलमै आउट भएका थिए। भारतीय बलर हर्सित रानाको बलमा भुर्तेल एलबीडब्लू आउट भएका हुन्।

    अहिले कुशल मल्ल र रोहित शर्माले ब्याटिङ गरिरहेका छन्।

    यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images