images
images
  • काठमाडौँका मेयर बालेनद्वारा सिता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी आमा सिता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    बुधबार (आज) सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    उनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

    मेयर शाहले लेखेका छन्,”सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईँका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।”

    सीता दाहालको बुधबार (आज) बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images