images
images
  • गुल्शनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

    काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले २६९ रनको लक्ष्य दिएको छ।

    सबै ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयो।

    नेपालको लागि सर्वाधिक गुल्शन झाले अर्थशतक बनाए। गुल्शन ५७ रन जोडे भने अर्जुन साउदले ४८ रन जोडे।

    त्यस्तै सन्दिप लामिछानेले ३२ कुशल मल्ल ४४ रन बनाए। भीम सार्की २०, कप्तान रोहित कुमार पौडेल २९ रन र ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए।

    दिपेन्द्रसिंह ऐरी शुन्यमा आउट भए।

    बलिङमा र्माक अदैर, व्यारी एमसीकार्थी र क्रेग योङले समान २/२ विकेट लिए भने कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एण्डी एमसीब्राइनको नाममा समान एकएक विकेट रह्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images