images
images
  • अष्ट्रेलियामा इच्छा मृत्युको उमेर १४ वर्षमा झारियो

    क्यानबेरा- अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पु¥याउने भएको छ । यो कानून पास भएमा इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

    यस कानूनका सम्बन्धमा राज्यकी मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।

    उमेरको हद स्वविवेकको कुरा भएको जनाउँदै जन्मदिनलाई आधार मानेर मात्र नपुग्ने भन्दै उनले व्यक्तिको निर्णय क्षमता हेरेर स्वास्थ्य विज्ञले निर्णय गर्ने बताइन् ।

    उनले सामुदायिक परामर्शमा तीन हजारभन्दा बढीको सहभागिता रहेको र ५ सय जनाले लिखित राय दिएको बताइन् । ८० प्रतिशतले इच्छा मृत्युलाई समर्थन गरेका छन् ।

    अर्कोतर्फ सरकारको यो अभ्यासको विरोध सुरु भएको छ । गृह मामिलाका छायाँ मन्त्री जेम्स प्याटरसनले उमेर घटाउने योजनालाई ‘डरलाग्दो’ भनेका छन्। ‘वयस्क पनि नभएको व्यक्तिले आफ्नो निर्णय आफैँले लिन सक्दैन, यो विवेक संगत छैन । उसलाई इच्छामृत्यु रोज्ने अधिकार दिनु कति हदसम्म सही होला रु त्यसो गर्दा जोखिम मात्र बढ्छ,’ उनले भने ।

    सन् २०१७ मा अष्ट्रेलियाको भिक्टोरियामा कानून लागू भए पछि सयौँ मानिसहरूले इच्छा मृत्यु रोजेका थिए, जसअनुसार भिक्टोरियामा यस्ता मानिसको संख्या ६०० भन्दा बढी रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images