images
images
  • पाकिस्तानमा सशस्त्र समूहको आक्रमणबाट ९ जनाको मृत्यु

    इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् ।

    मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।

    घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

    मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस÷एएफपी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images