images
images
  • नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको सामान्य लक्ष्य

    काठमाडौं- आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्ससामु १६८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

    ताकासिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो ।

    नेपालका कुनै पनि ब्याटर नेदरल्यान्ड्सविरुद्ध खुलेर खेल्न सकेनन् । नेपाली टिमको खातामा कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । सन्दीप लामिछानेले र कुशल भुर्तेलले समान २७ रन जोडे । भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रनको योगदान गरे ।

    नेदरल्यान्ड्सका लोगन भान बीकले चार विकेट लिए । विक्रमजित सिंह र बास डे लिडेल समान दुई विकेट लिए । क्लाटोन फ्लोएड र आर्यन दत्तले एक÷एक विकेट लिए ।

    छनोटको सुपर सिक्समा पुग्न नेपाललाई विजय हुनैपर्ने दबाब छ । आजको खेल जिते पनि नेपाललाई अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग हार्नुपर्ने समीकरण आवश्यक हुन्छ ।

    नेपाल यसअघि छनोटको पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको पराजय व्यहोरेको थियो ।

    जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images