images
images
  • नेदरल्याण्डसविरुद्ध नेपालले खराब प्रर्दशन, भीम सार्की पनि आउट

    काठमाडौं- आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्डसविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ।

    नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले चौथो विकेटको रुपमा ५६ बलमा २२ रन बनाएर खेलिरहेका भिम सार्कीलाई गुमाएको हो। यो सँगै नेपाललाई लगातार चौथो झट्का लागेको छ।

    जिम्बाब्वेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १८.१ ओभम्रमा ४ विकेट गुमाउँदा मात्र ६६ रन बनाएको छ।

    कसिलो बलिङ गरिरहेका नेदरल्याण्ड्सका बलर सामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेका छन्।

    १८.१ ओभरमा नेपालले भीम सार्कीलाई गुमाउन पुग्यो। ५६ बल खेलेका भिमले १ चौकाको मद्धतमा २२ रन बनाए।

    आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए।

    त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। शेख खेल लोगान भ्यान बेकको बलमा शून्य रनमा बोल्ड आउट भए।

    दोस्रो विकेटका रुपमा ओपनर कुशल भु्र्तेललाई २७ रनमा गुमायो।

    १४.५ ओभरमा ४२ बलमा २ चौका हान्दै २७ रन बनाएका कुशल विक्रम जित सिंहको बलमा विकेट किपरको हातबाट क्याच आउट भए।

    अहिले त्रिजमा कप्तान रोहित पौडेल ४ र कुशल मल्ल १ रनमा नटआउट छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images