images
images
  • आईसीसी विश्वकप छनोट: नेपाललाई पहिलो झट्का, शून्य रनमै आशिफ शेख आउट

    काठमाडौं- आईसीसी विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्सस्विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

    नेपालले तेस्रो ओभरको दोस्रो बलमा नै ओपनर आशिफ शेखलाई गुमाएको छ। शेख खेल लोगान भ्यान बेकको बलमा शून्य रनमा बोल्ड आउट भए।

    तेस्रो नम्बरको ब्याटिङमा भीम सार्की क्रिजमा आएका छन्। ओपनर कुशल भुर्तेल ७ रनमा नटआउट छन्।

    जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको थियो।

    नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन।

    सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

    नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।

    नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images