काठमाडौं- ग्रामीण सडक सञ्जाल सुधार आयोजना, झापामा कार्यरत आयोजना व्यवस्थापक (उपसचिवसरह) हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मासहित ३ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि अग्रिम घूस लिएको अख्तियारको दाबी । आयोजना व्यवस्थापक चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा र २ लाख २२ हजार स्रोत नखुलेको रकम गरी ६ लाख २२ हजार रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ ।
आयोजना कार्यान्वयन एकाइको झापास्थित कार्यालय परिसरबाटै उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्























