images
images
  • पाँचथरको पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

    काठमाडौं- पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक–१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    उनीहरूलाई च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाले जनाएको छ ।

    शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images