images
images
  • आइसीसी विश्वकप छनोट: नेपालले जिम्बाब्वेलाई दियो २९१ रनको लक्ष्य

    काठमाडौं- आइसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत घरेलु टोली जिम्बाबेसामु नेपालले २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रनको योगफल तयार पारेको हो।

    पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। नेपालले ओडिआइमा कुनै पनि टोलीविरुद्ध पहिलो विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेको हो।

    यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए।

    भुर्तेल ९५ बलमा १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाउँदा बोल्ड आउट भए। करियरको दोस्रो शतक ननिक पुगेका कुशल वेलिंग्टन मसाकाद्जाको बलमा बोल्ड आउट भए।

    अर्का ओपनर आशिफ ६६ रनमा क्याच आउट भए। एक सय बलको सामना गरेका आशिफले ७ चौका प्रहार गरे। लामो सट खेल्ने धुनमा रहेका आशिफ वेलिंग्टन मसाकाद्जा कै बलमा क्याच आउट भए।

    तेस्रो विकेटका लागि कप्तान रोहित पौडल र कुशल मल्लले ७२ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। रोहित ३१ रनमा क्याच आउट भए। कुशल मल्ल ४१ रनमा आउट भए।

    मल्लले ४२ बलमा ३ छक्का र २ चौका प्रहार गरे। आरिफ शेखले १० रन थपे। गुलशन झाले १३ बलमा १३ रन जोडे । भीम सार्की शून्य रनमै आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ६ रन, करन केसीले २ रन जोडे।
    नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम क्रमका ब्याटर नटिक्दा उच्च स्कोर बनाउन चुक्यो। २ सय ५५ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले बाँकी ४ विकेट ३५ रन बनाउँदा गुमायो।

    जिम्बाबेका लागि रिचार्ड एग्राभाले ४ तथा वेलिंग्टन मसाकाद्जाले २ विकेट लिए। टेन्डाइ चतारा र ब्लेसिङ मुजाराबानीले समान एक/एक विकेट आफ्नो नाममा गरे। ७ ओभर बलिङ गरेका चताराले १ मेडन राख्दै ५९ रन खर्चे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images