काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोट खेलिरहेको नेपाली टोलीका लागि ओपनर कुशल भुर्तेलले टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध शतक बनाउनबाट चुकेका छन्।
आक्रामक ब्याटिङ गरिरहेका कुशल ३१.५ ओभरमा मसबाज्दाको बलमा ९९ रन बनाउँदा बोल्ड आउट भए।
कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए।
पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी बनाए। यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो।
९५ बलको सामना गरेका कुशलले १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाए। ओडिआइ करियरमा दोस्रो शतक नजिक पुगेका कुशल पेवेलियन फर्के।
जिम्बाब्वेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३२ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा १ सय ७१ रन बनाएर खेलिरहेको छ।
अर्का ओपनर आशिफ शेख ६६ रनमा नटआउट छन्। तेस्रो नम्बरमा कुशल मल्ल ब्याटिङमा आएका छन्।
९८ बलको सामना गरेका आशिफ ७ चौका मद्धतमा ६६ रन बनाएर क्रिजमा छन्।


विश्व खबर 
















