images
images
  • कालिकोटको शुभकालिकामा जिप दुर्घटना, ३ जनाको मृत्यु

    कालिकोट- कालिकोटको शुभकालिका गाउँपालिका– ६ चिसापानीमा जिप दुर्घटना भएको छ ।

    चिसापानीस्थीत बेहुली पानतडी सडक खण्डमा चौकी बजारबाट हाउडीतर्फ आउँदै गरेको, लु १ च ८४९८ नम्बरको डबल क्याप जिप सडकदेखि अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    उक्त दुर्घटनामा जिप चालक शुभकालिका भर्ता बस्ने अन्दाजी ३० वर्षका हर्क कामी, कालिकोट शुभकालिका– ८ बस्ने वर्ष ३१ का रामबहादुर शाही, दैलेख नौमुले घर भएका २५ वर्षका गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरिक्षक यज्ञराज जोशीको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images